सुनको मूल्य तोलामा २ हजारले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । वैशाख २०, नेपाली बजारमा आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला १ लाख ३४ हजार ५सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदी प्रतितोला १६३० रुपैयाँमा कारोबार भएको थियो ।