केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर तल झर्‍यो

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, अस्ति दोहोरो अङ्ले बढेर दुई हजार विन्दुमाथि पुगेको शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर एक हजार नौ सय ९८ दशमलव ९६ विन्दुमा झरेको हो ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पिपुल्स पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।  आज तीन सय आठ वटा कम्पनीका ९४ लाख ९८ हजार कित्ता शेयर चार अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्