नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर तल झर्यो
सहयात्रा टिभी
काठमाडौं । वैशाख २०, अस्ति दोहोरो अङ्ले बढेर दुई हजार विन्दुमाथि पुगेको शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर एक हजार नौ सय ९८ दशमलव ९६ विन्दुमा झरेको हो ।
आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज पिपुल्स पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । आज तीन सय आठ वटा कम्पनीका ९४ लाख ९८ हजार कित्ता शेयर चार अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।