साताको पहिलो दिन नेप्सेमा गिरावट
सहयात्रा टिभी
काठमाडौँ । वैशाख २३, साताको पहिलो दिन आइतबार सेयर बजार नेप्सेमा १९७४ अंकको गिरावट आएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक नेप्से २४।५८ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । ४२ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ७ को स्थिर रह्यो ।
बिहीबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७९ करोडमा खुम्चियो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन डिस्टिलरी, पोखरा फाइनान्स, आइएमई लाइफ इन्स्योरेन्स र साइन रेसुङ्गा विकास बैंक क्रमश अगाडि रहे ।
हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले यसअघि ४ प्रतिशत बोनस सेयर घोषणा गरेको थियो ।