नेप्से दोहोरो अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौं । असार ६, सेयर बजारको परिसूचक नेप्से आज साताको अन्तिम कारोबार दिन दोहोरो अंक १०. ४४ ले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २०६८ अंकमा बन्द भएको छ ।

परिसूचक घट्दा कारोबार रकम भने बढेको छ ।  कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोािवर, पोखरा फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।

अघिल्लो दिन ३ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनानस १।८२ प्रतिशत ९४२ अंक० बढ्यो भने अरु क्षेत्रगत सूचकहरु घटेका छन् ।

कालिका लघुवित्तको ७.७, बाराही हाइड्रोपावरको ६.६, गुडविल फाइनान्सको ५.४ तथा ग्रीन भेन्चरको मूल्य ५ प्रतिशत बढ्यो ।

कुथेली बुकरी स्मल हाइड्रोपावरको ९.२, भगवती हाइड्रोपावरको ५.४, ग्लोबल आईएमई लघुवित्तको ५.३, स्वाभिमान लघुवित्तको ४.७, मनकामना स्मार्ट लघुवित्तको मूल्य ४.७ प्रतिशत घट्यो ।

 

 

 

प्रकाशित : 20 June, 2024

प्रतिक्रिया दिनुहोस्