रास्वपाको दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम

सहयात्रा टिभी

काठमाडौं । असार ७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी भएका छन् ।

रास्वपाले वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

 

 

 

 

 

 

प्रकाशित : 21 June, 2024

प्रतिक्रिया दिनुहोस्