माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

सहयात्रा टिभी

काठमाडौं । असार २६, नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।

२८ असारमा प्रतिनिधिसभा बैठक बस्ने भएकाले माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाइएको हो । यो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रमुख सत्ता साझेदार नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्नेछ ।

 

 

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्