गृहमन्त्री लेखकद्धारा नेपाल एक चीन नीतिमा रहेको प्रतिबद्धता ब्यक्त

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, गृहमन्त्री रमेश लेखकद्धारा नेपाल एक चीन नीतिमा रहेको प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ । नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको लेखकले बताएका थिए ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधै सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे । उनले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए ।

राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे ।

 

प्रकाशित : 22 July, 2024

प्रतिक्रिया दिनुहोस्