क्याप्टेन अरुण मल्लको शव परिवारलाई बुझाइयो

सहयात्रा टिभी

काठमाडौं । साउन २५, नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो ।

यस्तै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकको पहिचानका लागि आधार सङ्कलन गर्ने काम हुँदैछ ।

चिनियाँ नागरिक जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया चलिरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले जानकारी दिनुभयो । शवको पोस्टमार्टम भने सकिएको छ ।

अस्ति बुधवार दिउँसो काठमाण्डौबाट रसुवाको स्याफ्रुबेसीका लागि चिनियाँ पर्यटक लिएर उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना हुँदा पाइलट मल्लसहित पाँच जनाको ज्यान गएको थियो ।

 

प्रकाशित : 9 August, 2024

प्रतिक्रिया दिनुहोस्