कारोबारसँगै नेप्से ३६.८३ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ १३, आज कारोबारको अन्तिम दिन सेयर बजार परीसुचक नेप्से ३६.८३ अंकले घटेको छ ।

सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो ।

५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् ।

मितेरी डेभलपमेन्ट बैंकको ७.८, पिपुल्स हाइड्रोपावरको मूल्य ७.६ प्रतिशत घट्यो । एनआरएन इन्फ्रास्ट्रक्चरको ५, तारागाउँ रिजेन्सीको ५, तथा नाडेप लघुवित्तको ४.७ प्रतिशत मूल्य घट्यो ।

रसुवागढी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र राधि पावर क्रमशः अगाडि रहे ।

प्रकाशित : 29 August, 2024

प्रतिक्रिया दिनुहोस्