प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, सोमबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ०.६६ अंकले बढेको छ । आइतबार २५ अंकले घटेर बन्द भएको बजार सोमबार प्रि–ओपन सेसनमा ०.०२ प्रतिशतले बढेर २७०२.५६ विन्दुमा पुगेको हो ।

आइतबार १० अर्ब बढीको कारोबार भएर बन्द भएको नेप्से सोमबार प्रि सेसनमा ३० लाख ८० हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त सेसनमा ३ हजार ९० कित्ता शेयर कारोबार भएको छ । सेसनमा ७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । उक्त सेसनमा २८ वटा कम्पनीको शेयर ६५ पटक किनबेच भएको छ ।

प्रकाशित : 9 September, 2024

प्रतिक्रिया दिनुहोस्