रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति माओवादीद्धारा विरोध
सहयात्रा टिभी
काठमाडौं । भदौ २५, नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए ।
‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तिव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ’ उनले भने । यो विषयमा स्पष्ट गर्न सत्तारुढ दलहरूलाई उनको आग्रह छ ।
प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले उपसभामुख रानाको राजीनामा मागेका छन् । राजीनामा नदिए पद अनुकुलको आचरण नगरेको भनेर हटाउन बाध्य हुने एमाले सांसदहरूको चेतावनी छ ।
एमालेका सांसद हेमराज राइले पदबाट हटाउन बाध्य पार्न नहुने बताएका हुन् ।