केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गरीने

सहयात्रा टिभी

काठमाडौं । असोज ३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गरीने जानकारी प्राप्त भएको छ। भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।

यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी गठन आदेशबिना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।

सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समिति अन्तर्गत रहने भएका छन् । मन्त्रिपरिष्द बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ ।

 

 

प्रकाशित : 19 September, 2024

प्रतिक्रिया दिनुहोस्