सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढ्यो
सहयात्रा टिभी
काठमाडौं ।असोज ९ , सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ ।
बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो ।
२१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।