नेप्से २६.०७  अंकमा झर्‍यो

सहयात्रा टिभी

काठमाडौं । असोज १६, बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७  अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो ।

५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् ।  फाइनान्स १.७५ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२, व्यापार १.१८ प्रतिशत घटे ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, गुडविल फाइनान्स, नेपाल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 2 October, 2024

प्रतिक्रिया दिनुहोस्