बिपी बाहेक सबै राजमार्ग सञ्चालनमा ल्याउने तयारी

सहयात्रा टिभी

काठमाडौं । असोज १८, सरकारले अबको तीन दिनभित्र बिपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरिरहेको जनाएको छ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालले संसदको पूर्वाधार समितिमा अबको तीन दिनभित्र बिपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो।

मन्त्रालयका सचिव केशवकुमार शर्माले खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरू गरेको बताए।

फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने जानकारी दिए।

यो पुलमा ८० मिटरको बेलिब्रिज आवश्यक पर्ने तर सरकारसँग ५० मिटरको पुल मात्र भएका कारण त्यहाँ का लागि चाहिने पुल झिकाउनु पर्ने हुँदा समय लाग्ने उनको भनाइ छ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले पुल तथा सडक पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने बताए।

 

प्रकाशित : 4 October, 2024

प्रतिक्रिया दिनुहोस्