सेयर बजारका सबै सूचकमा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । असोज २०, साताको पहिलो दिन आइतबार आइतबार सेयर बजारका सबै सूचक बढेका छन् ।

नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भयो । कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रह्यो ।
यस दिन फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढ्यो ।

न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मध्यभोटेकोशीको ९.७, इस्टर्न हाइड्रोपावरको ९.६, गुडविल फाइनान्सको ९.२७, सिनर्जी पावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।

 

प्रकाशित : 6 October, 2024

प्रतिक्रिया दिनुहोस्