अमेरिकी राष्ट्रपति चुनावमा यो पटक डोनाल्ड ट्रम्प जित उन्मुख

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २१, अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित उन्मुख भएका छन् ।

१९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । यद्यपि औपचारिक प्रोजेक्सन भने होइन ।

तर यो रिपब्लिकन समर्थकका लागि ठूलो खुसी हो । किनकी पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ । जबकी राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ ।

अमेरिकी राष्ट्रपति चुनावमा सात स्वीङ स्टेटलाई निर्णायक मानिएको थियो । ट्रम्पले सुरुमा नर्थ क्यारोलिना जिते ।

१६ इलेक्ट्रोरल भोट भएको यो राज्यमा २०२० को चुनावमा पनि ट्रम्प नै विजयी भएका थिए । फ्लोरिडामा भने उनले परिणाम उल्टाए ।

२०२० मा जो बोइडेनले जितेको यो राज्यमा यो पटक ट्रम्पले बाजी मारे । यहाँ पनि १६ इलेक्ट्रोरल भोट छ ।

एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी भइरहेको छ ।

 

 

प्रकाशित : 6 November, 2024

प्रतिक्रिया दिनुहोस्