बयानका लागि छविलाल जोशीलाई चितवन लगियो
काठमाडौं । मंसिर १६, चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार पूर्वडीआईजी जोशीका साथै रामबहादुर ढकाललाई चितवन ल्याइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता गराउने प्रहरीको तयारी छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन ल्याउने प्रहरीको तयारी छ ।
५ मंसिरमा २४ जना बचतकर्ताले साहारा सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।