नेप्से झन्डै २० अङ्कले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । मंसिर १७, आज झन्डै २० अङ्कले नेप्से बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।
आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
आज तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ ।