त्रिभुवन विमानस्थलबाट सुन तस्करी घटनामा तिन जना पक्राउ
काठमाडौं । मंसिर १८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ५ किलो ७ सय ग्राम सुन तस्करी घटनामा पक्राउ परेका तीनै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले पक्राउ परेका एक चिनियाँ र दुई म्यानमारका नागरिकलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
अदालतको आदेशसँगै चिनियाँ नागरिक जियान योङ र म्यानमारका साट नेइङ टन र इङ ङोन फू कारागार चलान भएका हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता लोकराज ढुंगानाले उनीहरूलाई अदालतमा उपस्थित गराइएकाले अब कारागार चलान गरिने बताए ।
भन्सार कार्यालयले उनीहरूविरुद्ध सुन भन्सार चोरी पैठारीको कसुरमा ८ करोड भन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । १६ मंसिरमा दायर भएको मुद्दा तीन दिनको सुनुवाइ पछि मंगलबार आदेश आएको हो ।