कारोबार रकमसहित सेयर बजारमा बृद्धि

सहयात्रा टिभी

काठमाडौं । पुस २४, बुधबार कारोबार रकमसहित सेयर बजारमा बृद्धि भएको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो ।  अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भयो ।

१३९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन पनि फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ प्रतिशत बढे ।

कारोबार रकमका आधारमा न्यादी हाइड्रोपावर, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रकाशित : 8 January, 2025

प्रतिक्रिया दिनुहोस्