पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति

सहयात्रा टिभी

काठमाडौं । पुस २८, ललितपुरको पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति भएको छ ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति भएको हो । शवगृहमा ४ वटा शव राख्न मिल्ने थियो भने अब २४ वटा शव राख्न सकिन्छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिको लागि सहयोग गरेको बताए । महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउँदै भने, ‘पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमी हुन दिन्नौं ।’

उनले पाटन अस्पतालसँग कोभिडको बेला पनि महानगरले सहकार्य गरेको स्मरण गर्दै बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र यस स्वास्थ्य केन्द्र संचालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेका बताए ।

पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त ठाउँमा पनि अर्को केन्द्र खोल्ने तयारी गरेको जानकारी दिए ।

अस्पतालका डाइरेक्टर प्रा. डा. रवि शाक्यले शव गृहको स्तरोन्नतिका लागि अपस्पतालसँग सहकार्य गरेकोमा महानगरलाई धन्यवाद दिए । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लागे पनि मृत्युपछि पनि धेरैवटा विषयलाई ध्यान दिनुपर्ने उनले बताए ।

 

प्रकाशित : 12 January, 2025

प्रतिक्रिया दिनुहोस्