बारामा यसवर्ष १ लाख मेट्रिक टनभन्दा बढी आलु उत्पादन
सहयात्रा टिभी
काठमाडौं । माघ ४, बारामा यसवर्ष १ लाख मेट्रिक टनभन्दा बढी आलु उत्पादन भएको छ ।
बारा कृषि ज्ञान केन्द्रका अनुसरा यहाँका किसानले कुल एक लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका हुन् । स्रोतका अनुसार सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।
जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको जानकारी प्राप्त भएको छ ।