‘मिसेस ब्युटी क्विन नेपाल– २०२५’ को ताज वर्षालाई
काठमाडौं । माघ २३, व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना सहभागीलाई पछि पार्दै कुवरले ताज पहिरिएकी हुन् ।
बानेश्वरमा विभिन्न व्यवसाय गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालिटीको उपाधि समेत प्राप्त गरिन् । उनले रेफ्रिजेरेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामीकबाट २० हजार रुपैयाँ बराबरको गिफ्ट भौचरका साथै अन्य उपहारहरू प्राप्त गरिन् ।
प्रतियोगितामा करुणा बिक फष्ट रनरअप भइन् । उनले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन् । उनले ३२ इन्चको टेलिभिजन, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।
यसैगरी प्रतियोगितामा रिन्जु कुसवाह सेकेन्ड रनरअप भइन् । उनले फोटोजेनीकको पनि उपाधि जितिन्। थर्ड रनरअप शिवानी मित्र र चौथो रनरअप उर्मिला कनौजिया मगीया भइन् । अर्गनाइजर च्वाइसको उपाधि भने अन्जु क्षेत्रीले जितेकी छिन् ।
प्रतियोगिताका अन्य विधामा अनिता देवी साहले फेन्ड्ली उपाधि जितिन् । यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भियोर्स च्वाइस, भावना ऐडी ब्युटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले ब्युटीफूल अवार्ड प्राप्त गरे ।
कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले प्रतियोगिताले विवाहित महिलाहरूको सौन्दर्य, आन्तरिक क्षमता, आत्मविश्वासका साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरिन् । प्रतियोगिताको निर्णायक मण्डलमा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डा. विनिता राजले मुख्य भूमिका निभाएकी थिइन् ।