लगातार बढेको सुनको मूल्य आज घट्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ २५, नेपाली बजारमा लगातार तीन दिन बढेको सुनको मूल्य शुक्रबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो । सुन आज तोलाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन तोलामा १६ सय, बुधबार २२ सय र मङ्गलबार १९ सय रूपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।