अध्यादेश पारित गर्न सहयोग माग्ने उद्देश्यले फोन नगरेको पोखरेलको जिकिर
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ २७, नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग अध्यादेशमा सहयोग माग्ने उद्देश्यले फोन नगरेको जिकिर गरेका छन् ।
आइतबार बिहान ‘वर्षमानजीसँगको फोनको कुरा’ बारे सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले उक्त जिकिर गरेका हुन् ।
शनिबार माओवादी केन्द्रका उपमहासचिव पुनले एमाले महासचिव पोखरेलले टेलिफोन गरेर अध्यादेश पारित गर्न सहयोग मागेको बताएका थिए ।
पार्टी कामको सिलसिलामा पाल्पा पुगेका बेला पोखरेलले टेलिफोन गरेको पुनले जानकारी दिएका थिए । पुनले कुराकानीको क्रममा आफूले अध्यादेशमा सरकारलाई सघाउन नसक्ने स्पष्ट पारेको बताए ।