धनगढीमा किशोरी बलात्कृत, आरोपी फरार

सहयात्रा टिभी

कैलाली । माघ २७, धनगढीमा विद्यार्थी बलात्कृत भएकी छन् । स्थानीय विद्यालय कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीलाई एक किशोरले आफ्नै घरमा लगेर बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले धम्क्याउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

‘हामीले शनिवार मात्र घटनाबारे जानकारी पाएका हौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराले भने, ‘किशोरीमाथि घरमै बलात्कार गरेको आरोप छ । आरोपित युवक फरार छन् ।’ किशोरीलाई डर, त्रासमा पारेर घरमै लगेर बलात्कार गर्ने युवकको खोजी भइरहेको डिएसपी बोहराले बताए ।

प्रकाशित : 9 February, 2025

प्रतिक्रिया दिनुहोस्