सुन तोलामा १४ सयले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । माघ २८, सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो । चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ ।


