लगातार झरेको सेयर बजार पाँच दिनपछि बढ्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ २९, अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६।५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ ।
अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो ।
यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढ्यो । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ८।५, इमर्जिङ नेपालको ७।५ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको १० तथा उपकार लघुवित्तको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमकाम आधारमा सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।