आजदेखि रास्वपाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’सुरु गर्ने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फागुन १, राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ सुरु गर्ने भएको छ । केन्द्रीय नेताहरूलाई सबै प्रदेशमा खटाएर रास्वपाले संवाद गर्न लागेको हो ।
समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग भेटघाट र संवाद गरिने रास्वपाले जनाएको छ । केन्द्रीय नेता हरेक प्रदेशमा पुगेर समाजका अगुवा, व्यवसायी, अभियन्ता, लेखक, विज्ञ, लगायतसँग संवाद गरिने रास्वपाले जनाएको छ ।
समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग संवाद हुने गण्डकीका लागि जिम्मेवारी पाएका नेता शिशिर खनालले जानकारी गराए ।
संवादका लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिन कुमार आचार्य, गण्डकीमा शिशिर खनाल, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।
संवादबाट प्राप्त सल्लाह सुझावहरूलाई मूलधारको राजनीति निर्माणको लागि महत्त्वपूर्ण हुने अपेक्षा रास्वपाले राखेको छ ।
संवादका क्रममा सरोकारवालाहरुले उठाएका विषयमा रहेर खटिएका नेताहरुले केन्द्रमा प्रदेशगत प्रतिवेदन बुझाउने छन् । यस प्रकारको संवाद आवश्यकता अनुसार चरणबद्ध गरिने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।