सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सहयात्रा टिभी

काठमाडौं । फागुन २, नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ५०० रुपैयाँले रुपैयाँ बढेको हो ।

शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ६९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 14 February, 2025

प्रतिक्रिया दिनुहोस्