सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन ५, सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।

आइतबार प्रतितोला रू. एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू. १५ बढेको छ । आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रकाशित : 17 February, 2025

प्रतिक्रिया दिनुहोस्