प्रतिनिधि सभा बैठकमा आज ई–कमर्श विधेयक पारित गर्ने

सहयात्रा टिभी

काठमाडौं । फागुन ६, मंगलबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाबाट आज विद्युतीय (ई–कमर्श) व्यापार विधेयक पारित गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यसभन्दा अगाडि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक अगाडि बढाउँदैछ ।

आजको बैठकबाट यो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने तयारी छ ।

 

 

 

प्रकाशित : 18 February, 2025

प्रतिक्रिया दिनुहोस्