एकीकृत समाजवादीका नेता सापकोटाको निधन

सहयात्रा टिभी

काठमाडौँ । फागुन ८, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालका अनुसार उनको बिहीबार बिहान ३ः२५ बजे काठमाडौँको हेल्पिङ ह्यान्ड्स अस्पतालमा निधन भएको हो।

ज्वरो आएपछि सापकोटा गत फागुन ४ गते अस्पताल भर्ना भएका थिए। २०२२ साल भदौ २२ गते जन्मिएका सापकोटा नेकपा एमाले काभ्रेपलाञ्चोकको १४ वर्ष पार्टी प्रमुख भएका थिए। उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए।

प्रकाशित : 20 February, 2025

प्रतिक्रिया दिनुहोस्