त्रिभुवन विमानस्थलमा लाइट उपकरण बिग्रदा उडान प्रभावित

सहयात्रा टिभी

काठमाडौँ । फागुन १२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रदा उडान/अवतरण प्रभावित भएको छ । जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सो लाइट मर्मत गरी उडानअवतरण सूचारु गरिएको छ ।

बिहान उडानहरू रोकिएका कारण अहिले निर्धारित उडानहरू ४५ मिनेटदेखि १ घण्टासम्म डिले गरी उडिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।‘अहिले उडान सूरु भए पनि बिहानको प्रभावले जहाजहरू डिले भएका छन्,’ उनले भने ।

प्रकाशित : 24 February, 2025

प्रतिक्रिया दिनुहोस्