अहिलेसम्ममा काठमाण्डौद्वारा ७३ जना बालबालिकाको उद्धार

सहयात्रा टिभी

काठमाडौँ । फागुन १३, काठमाण्डौ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको अहिलेसम्ममा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।

उद्धार गरिएकामा ४१ जना बालक र ३२ जना बालिका रहेका महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये ३८ जना बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ भने ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । महानगरका अनुसार उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ ।

काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानूनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गर्नुभयो ।

 

प्रकाशित : 25 February, 2025

प्रतिक्रिया दिनुहोस्