विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ विदेशी पक्राउ

काठमाडौँ । फागुन १५, पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए ।
सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् ।