सभापति पदको दाबेदार हुँ : नेता सिंह

सहयात्रा टिभी

सुर्खेत । फागुन १८, नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिहले पार्टीको आगामी सभापतिमा दाबी गर्ने सङ्केत गरेका छन् ।

पार्टीभित्र सभापति चयनको दौडलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने सङ्केत गरेका छन् । सुर्खेतमा प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू पनि सभापति पदको दाबेदार भएको बताएका हुन् ।

‘जुन पदमा म छु, त्योभन्दा तल जान तयार छैन’, उनले भने, नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ । यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’

उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको बताए । सिंहले आफूले पार्टीलाई सङ्गठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको उल्लेख गर्दै संस्थागत पार्टी निर्माणका लागि दृढ रहेको बताए ।

प्रकाशित : 2 March, 2025

प्रतिक्रिया दिनुहोस्