अध्यक्ष यादवले वर्तमान सरकार असफल साबित भइसकेको निष्कर्ष

सहयात्रा टिभी

काठमाडौँ । फागुन १८, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल र असक्षम साबित भइसकेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक एवं संगठनात्मक प्रतिवेदन मार्फत् यादवले सुशासन, समृद्धि र विकास गर्नु भन्दा बढी पनि यो सरकार कोरा नारामा मात्र सीमित रहेको उल्लेख गरेका छन् ।

हरेक हिसाबले असफल भइसकेको सरकारको आयु बढाउन साना दललाई कमजोर बनाउने खेल भइरहेको पनि यादवले बताएका छन् ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारको आयू लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो’, प्रतिवेदनमा भनिएको छ ।

यादवले साना दलहरुको अस्तित्व निषेध गर्ने कुरा लोकतान्त्रिक मूल्य र मान्यता बिपरीत भएको उल्लेख गरेका छन् ।

 

प्रकाशित : 2 March, 2025

प्रतिक्रिया दिनुहोस्