काठमाडौंको टोखा झोर क्षेत्रबाट २५ करोडसहित एक जना पक्राउ

काठमाडौं । चैत ५, काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।
‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।