सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख नौ हजार तीन सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । पछिल्लो तीन दिन स्थिर रहेको चाँदीको भाउ आज बढेको हो । आज १० रुपैयाँले बढेर चाँदी तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो ।

प्रकाशित : 26 March, 2025

प्रतिक्रिया दिनुहोस्