२७ सयले बढ्यो सुन, मूल्य अहिलेसम्मकै उच्च
सहयात्रा टिभी
काठमाडौं । बैशाख ३, सुनको मूल्य फेरी पनि वृद्धि भएको छ । साताको चौथौँ दिन आज एकै पटक २७ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ ।

जसअनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


