बुटवलमा एक युवतीमाथि गोली प्रहार

रुपन्देही । बैशाख ६, बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।
रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने बिष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । रानाले केही दिनअघि एकजना भारतीय एक युवकसँग विवाद भएकोले उनले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ ।