सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख ७, नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार पनि यही मूल्यमै सुनको कारोबार भएको थियो । आज चाँदीको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि चाँदीको भाउ स्थिर नै रहेको थियो ।

प्रकाशित : 20 April, 2025

प्रतिक्रिया दिनुहोस्