नेप्से परिसूचकमा ३.४४ अंकको गीरावट

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, आइतबार सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो ।

सवा ९ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ३.४४ अंकको गीरावट आएको छ ।  सो गिरावटपछि २६२० मा कायम भएको छ । बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरुको अधिक कारोबार भएको छ ।

अरु बेला पनि यो सेक्टरका कम्पनीको उच्च कारोबार हुने गरेको छ । तर आइतबार भने करिब ५९ प्रतिशत हिस्सा यहीं एउटा सेक्टरले ओगट्यो ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढेको हो । यीमध्ये ओम मेगाश्री आजैदेखि कारोबारमा आएको हो । जसको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित : 4 May, 2025

प्रतिक्रिया दिनुहोस्