नेप्से ९.६२ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौं । वैशाख २२, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९.६२ अंक घटेको छ । आइतवार २६२० अंकमा बन्द भएको नेप्से परिसूचक २६१०.७६ अंकमा झरेको हो ।

सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि खुम्चिएको छ । आइतबार ९ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ६३ करोडको मात्रै भएको छ ।

नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त हुन नसकिरहेको अवस्थामा लगानीकर्ताले पर्ख र हेरको रणनीति बनाएको नेप्से र कारोबार रकमको गिरावटले संकेत गर्छ ।

नेप्सेका उपसूचकमध्ये सबैमा अत्यन्तै सीमान्त मात्रै तलमाथि भएको छ ।  जम्मा तीन समूह लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमामा सामान्य वृद्धि देखिएको छ ।

 

प्रकाशित : 5 May, 2025

प्रतिक्रिया दिनुहोस्