हुलाक बचत बैंकको कार्यालय प्रमुख साहसहित ६ जनाविरुद्ध मुद्दा दायर

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह सहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीरनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरूले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुशी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ ।

उनीहरूले बैंकमा निक्षेप सङ्कलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिस्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुशी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ ।

उनीहरूले पाँच करोड ३५ लाख ६४ हजार दुई सय ७९ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग रहेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

 

प्रकाशित : 13 May, 2025

प्रतिक्रिया दिनुहोस्