सेयर बजार घट्दा कारोबार रकम पनि घट्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, साताको पहिलो दिन आइतबार सेयर बजार ८.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६० करोडमा सीमित भयो ।

९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने एउटाको स्थिर नै रह्यो । व्यापार समूह ०.१३ प्रतिशत बढ्यो ।

बैंकिङ ०.६६, विकास बैंक १.४६, फाइनान्स ०.९९, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर ०.३६, लगानी १.०३, जीवन बीमा ०.३३, उत्पादन ०.०३, निर्जीवन बीमा ०.१०, अन्य ०.४५ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।  सिन्धु विकास बैंकको मूल्य ८.२८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावरकमो ६.७६ तथा सप्तकोशी विकास बैंकको ५.०७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 25 May, 2025

प्रतिक्रिया दिनुहोस्