नेप्से झिनो अंकले बढ्यो

काठमाडौं । जेठ १३, बजेटले पूँजीगत लाभकर बढाउने चर्चापछि अघिल्लो दिन ५ अंक घटेको सेयर बजार मंगलबार झिनो अंकमा बढेको छ ।
आज नेप्से जम्मा ०.८५ अंक बढेको हो । सो वृद्धिपछि २६७५.६२ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५२ करोडको भयो ।
कुल ८५ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६६ प्रतिशत बढ्यो । बैंकिङ ०.४०, हाइड्रोपावर ०.१४, उत्पादन ०.२९ तथा व्यापार समूह ०.९५ प्रतिशत बढे ।
आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।